उदयपुरगढ़ि गाउँपालिकाको संछिप्त परिचय

सगरमाथा अंचल उदयपुर जिल्ला २६°४९'५३" उत्तरी अक्षांशदेखि २७°०२'०२" उत्तरी अक्षांशसम्म र ८६°२६'५०" पुर्बी देशान्तरदेखि ८६°३६'५५" पुर्बी देशान्तरसम्म अवस्थित साबिकको तावाश्री, बर्रे, डुम्रे, पंचावती तथा भलायड़ाडा गा.वि.स. हरु मिली उदयपुरगढी गाउँपालिका बनेको छ | जिल्लाको पुरानो सदरमुकाम तथा ऐतिहासिक महत्व बोकेको उदयपुरगढीको नामको आधारमा गाउँपालिकाको नाम तथा केन्द्र उदयपुरगढी नै रहने गरि यस छेत्रलाई नयाँ उदयपुरगढी गाउँपालिकाको रुपमा प्रस्ताव गरिएको हो | 

२४१.८ वर्ग किलोमिटर कुल छेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिका, उत्तरमा तप्ली गाउँपालिका, पश्चिममा कटारी नगरपालिका र दक्षिणमा सिरहा अवस्थित छ | यस गाउँपालिकामा ८ वटा वडाहरु [१ - ब्वाँसे (तावाश्री), २ - मान्सिनटार घटा (बर्रे), ३ - जरुवा (बर्रे), ४ - डुम्रे, ५ - उदयपुरगढी, ६ - नेपालटार, ७ - हाडेबास (भलायडाँडा), ८ - नारेटार (भलायडाँडा)] छन् | ककनी मन्दिर, शिवालय, गणेश मन्दिर, पंचावती माईको मन्दिर, काभ्रेश्वर मन्दिर, हाडेश्वर महादेव मन्दिर जस्ता प्रशिद्द पर्यटकीय तथा धार्मिक महत्व बोकेको स्थलहरु यस गाउँपालिकामा रहेका छन् | प्राकृतिक सुन्दरताले भरिपुर्ण यस गाउँपालिकामा बैधनाथ बैजनी खोला, माटेखोला, वडरे खोला, इन्द्रेणी पोखरी, तप्ली पोखरी लगायतका तालतलैया पनि छन् | राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्या ३०,७८० रहेको यस गाउँपालिकामा १४,५४८ पुरुष र १६,२३२ महिला छन् |

आर्थिक वर्ष: