FAQs Complain Problems

समाचार

उदयपुरगढी गाउँपालिका विशेष गाउँसभा यही चैत्र १३ गते । स्थान:- गाउँपालिकाको सभाहल ।

Read More

उदयपुरगढी भ्यु टावर

Read More

उदयपुरगढी गाउँपालिका जनप्रतिनिधि

Read More

नेपालटार फाँट

Read More

उदयपुरगढी गाउँपालिकाको संक्षिप्त परिचय

संघिय संरचना अनुसार काेशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको ८ वटा स्थानीय तहमध्ये उदयपुरगढी गाउँपालिका एक हो । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट ३६ किलोमिटर उत्तर - पश्चिम क्षेत्रमा रहेका साबिकका भलायडाँडा, पंचावती, डुम्रे, बर्रे, तावाश्री गरी ५ वटा गा.वि.स. लाई समेटेर उदयपुरगढीको निर्माण गरिएको हो ।

उत्तरी आक्षांश : २६४६'५३.४६" - २७०२'४९.८६" 

पूर्वी देशान्तर : ८६२६'५९.२२" - ८६३७'४.७५" 

सिमाना :                      

पूर्व : त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका

पश्चिम : कटारी नगरपालिका

उत्तर : ताप्ली गाउँपालिका

दक्षिण : सिरहा जिल्ला

राष्ट्रिय जनगणना २०७८ अनुसार घर संख्या ६६५० र परिवार संख्या ६८१० बाट निकालिएको तथ्यांकमा उदयपुरगढी गाउँपालिकाको जम्मा जनसंख्या २८९२९ रहेको छ, जसमा १४८३६ महिला र १४०९३ पुरुष छन् । राष्ट्रिय जनगणना २०६८ र २०७८को जनगणनाको जनसंख्या तुलना गर्दा ६.०१ प्रतिशतले घटेको छ ।

उदयपुरगढी गाउँपालिकामा परेवा झरना, भूगोल पार्क, भ्यू टावर, टुँडिखेल, ताप्ली पोखरी, पुरानो उदयपुरगढी, जोगीधारा, अँधेरी झरना, भालुदह जस्ता पर्यटकीय स्थल तथा पञ्चावती माईको मन्दिर, हाडेटार महादेव, केउरेनी महादेव, काभ्रेश्वर महादेव, छिरेश्वर महादेव, ककनी महादेव, गणेश मन्दिर, गैँडाखोर महादेव थान धार्मिक स्थलहरु अवस्थित छन् ।यहाँका मानिसहरुले मनाउने मुख्य चाडपर्व दशैं, तिहार, हरितालिका तीज, रामनवमी, शिवरात्री, फागुपुर्णिमा, बुद्धपूर्णिमा, नागपञ्चमी, माघेसंक्रान्ती, साउने संक्रान्ती, श्री कृष्ण जन्माष्टमी, चैंतेदशैं, हरिशयनी एकादशी, हरिबोधनी एकादशी, कुशेऔंसी लगायत हुन् ।

यस गाउँपालिकाको बासिन्दाहरुको प्रमुख आम्दानीको श्रोत कृषि, पशुपालन तथा पर्यटन व्यापार हो । नेपालको विकासको धरोहर राष्ट्रिय गौरवको आयोजना यसै गाउँपालिकासँग जोडिने मदन भण्डारी लोक राजमार्ग फाष्ट ट्रयाक धरान, चतरा, हेटौडा सडकमार्गको विकासले गति लिने विश्वास छ ।प्रशस्त खोलानाला, उर्बर खेतियोग्य जमिन, हरियाली वनजंगल, वनस्पती, जडिबुटीहरु यस गाउँपालिकामा अर्थोपार्जनका प्रमुख आधारहरु हुन् । पञ्चावती मन्दिरको आसपासमा निर्मित टुँडिखेल, भ्यू टावरबाट देखिने सुन्दर हिमालको दृश्यावलोकनले यस गाउँपालिकाको अर्को रमणीय विशेषतालाई झल्काएको छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८४४८६७९७९
उपाध्यक्ष
फोन:
९८४२८४५४३५

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
फोन:
९८५२८३५२७८
अधिकृत छैठौं
फोन:
९८४७२५७९९१

सूचना अधिकारी

प्रज्ञा पराजुली

फोन नं: ९८४१०८१६२८

 

प्रवक्ता

सहेक बहादुर विश्वकर्मा

फोन नं : ९८५११८५४६५

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव । सम्बधित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउपालीका क्षेत्रमा जादु सर्कस चटक देखाउनेहरु संग प्रतीदिन रु १०० र गाँउपालीका क्षेत्रमा विज्ञापनको लागि कसैले होडीग बोर्ड राख्न चाहेमा प्रतिवर्ग फीट रु ५०
आवश्यक कागजातहरुः-

• निवेदन र संस्थाको प्रमाणित कागजात
• सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव । सम्बधित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउपालीका लगायत वडा कार्यालयमा रहेको हल भाडामा दैनिक रु. १००० हेनेछ । यसका साथै मल्टीमीडिया पनि प्रयोग गरेकोमा रु. ५०० थप हुनेछ ।
आवश्यक कागजातहरुः-

• निवेदन पत्र
• बहाल सम्झौता
• नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
• नागरिकताको प्रमाणित प्रतिलिपि
• चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- प्रकृया पुर्याएर कागजात ल्याए सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव र योजना अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय, गाउँपालिका । नगरपालिकाको कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

• आवश्यक पर्ने कागजातहरु
• सम्झौता माग निवेदन
• सम्बन्धित वडाको सिफारिस
• उपभोक्ता समिति गठन गरी वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
• उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
• उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• प्राविधिक लागत अनुमान
• समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव । सम्बधित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क , घटना भएकाे ३५ दिन भन्दा माथि रु ५०, प्रतिलिपी रु १००
आवश्यक कागजातहरुः-

• निवेदन पत्र
• अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
• पति पत्निको नागरिकताको प्रतिलिपि १ । १ प्रति
• केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव । सम्बधित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क , घटना भएकाे ३५ दिन भन्दा माथि रु ५०, प्रतिलिपी रु १००
आवश्यक कागजातहरुः-

• निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात
• जहाँ जानेहो त्यस ठाँउको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
• बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
• जाने आउने सबै व्यक्तिको नागरिकता । जन्मदर्ताको प्रतिलिपि
• चालु आ.व.सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव । सम्बधित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क , घटना भएकाे ३५ दिन भन्दा माथि रु ५०, प्रतिलिपी रु १००
आवश्यक कागजातहरुः-

• निवेदन पत्र
• मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
• मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
• अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
• मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
• सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव । सम्बधित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क , ३५ दिन भन्दा माथि रु ५०, प्रतिलिपी रु १००
आवश्यक कागजातहरुः-

• निवेदन पत्र
• बालकको बाबु आमाको नागरिकता
• चालु आ.व.सम्मको एकिकृत कर तिरेको रसिद
• अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

Pages

जानकारी