FAQs Complain Problems

समाचार

उदयपुरगढी गाउँपालिका विशेष गाउँसभा यही चैत्र १३ गते । स्थान:- गाउँपालिकाको सभाहल ।

Read More

उदयपुरगढी भ्यु टावर

Read More

उदयपुरगढी गाउँपालिका जनप्रतिनिधि

Read More

नेपालटार फाँट

Read More

उदयपुरगढी गाउँपालिकाको संक्षिप्त परिचय

संघिय संरचना अनुसार काेशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको ८ वटा स्थानीय तहमध्ये उदयपुरगढी गाउँपालिका एक हो । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट ३६ किलोमिटर उत्तर - पश्चिम क्षेत्रमा रहेका साबिकका भलायडाँडा, पंचावती, डुम्रे, बर्रे, तावाश्री गरी ५ वटा गा.वि.स. लाई समेटेर उदयपुरगढीको निर्माण गरिएको हो ।

उत्तरी आक्षांश : २६४६'५३.४६" - २७०२'४९.८६" 

पूर्वी देशान्तर : ८६२६'५९.२२" - ८६३७'४.७५" 

सिमाना :                      

पूर्व : त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका

पश्चिम : कटारी नगरपालिका

उत्तर : ताप्ली गाउँपालिका

दक्षिण : सिरहा जिल्ला

राष्ट्रिय जनगणना २०७८ अनुसार घर संख्या ६६५० र परिवार संख्या ६८१० बाट निकालिएको तथ्यांकमा उदयपुरगढी गाउँपालिकाको जम्मा जनसंख्या २८९२९ रहेको छ, जसमा १४८३६ महिला र १४०९३ पुरुष छन् । राष्ट्रिय जनगणना २०६८ र २०७८को जनगणनाको जनसंख्या तुलना गर्दा ६.०१ प्रतिशतले घटेको छ ।

उदयपुरगढी गाउँपालिकामा परेवा झरना, भूगोल पार्क, भ्यू टावर, टुँडिखेल, ताप्ली पोखरी, पुरानो उदयपुरगढी, जोगीधारा, अँधेरी झरना, भालुदह जस्ता पर्यटकीय स्थल तथा पञ्चावती माईको मन्दिर, हाडेटार महादेव, केउरेनी महादेव, काभ्रेश्वर महादेव, छिरेश्वर महादेव, ककनी महादेव, गणेश मन्दिर, गैँडाखोर महादेव थान धार्मिक स्थलहरु अवस्थित छन् ।यहाँका मानिसहरुले मनाउने मुख्य चाडपर्व दशैं, तिहार, हरितालिका तीज, रामनवमी, शिवरात्री, फागुपुर्णिमा, बुद्धपूर्णिमा, नागपञ्चमी, माघेसंक्रान्ती, साउने संक्रान्ती, श्री कृष्ण जन्माष्टमी, चैंतेदशैं, हरिशयनी एकादशी, हरिबोधनी एकादशी, कुशेऔंसी लगायत हुन् ।

यस गाउँपालिकाको बासिन्दाहरुको प्रमुख आम्दानीको श्रोत कृषि, पशुपालन तथा पर्यटन व्यापार हो । नेपालको विकासको धरोहर राष्ट्रिय गौरवको आयोजना यसै गाउँपालिकासँग जोडिने मदन भण्डारी लोक राजमार्ग फाष्ट ट्रयाक धरान, चतरा, हेटौडा सडकमार्गको विकासले गति लिने विश्वास छ ।प्रशस्त खोलानाला, उर्बर खेतियोग्य जमिन, हरियाली वनजंगल, वनस्पती, जडिबुटीहरु यस गाउँपालिकामा अर्थोपार्जनका प्रमुख आधारहरु हुन् । पञ्चावती मन्दिरको आसपासमा निर्मित टुँडिखेल, भ्यू टावरबाट देखिने सुन्दर हिमालको दृश्यावलोकनले यस गाउँपालिकाको अर्को रमणीय विशेषतालाई झल्काएको छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८४४८६७९७९
उपाध्यक्ष
फोन:
९८४२८४५४३५

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
फोन:
९८५२८३५२७८
अधिकृत छैठौं
फोन:
९८४७२५७९९१

सूचना अधिकारी

प्रज्ञा पराजुली

फोन नं: ९८४१०८१६२८

 

प्रवक्ता

सहेक बहादुर विश्वकर्मा

फोन नं : ९८५११८५४६५

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव । सम्बधित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- अब्बल - रु १० प्रतीरोपनी । प्रतीकठ्ठा , दोयम - रु ८ प्रतीरोपनी । प्रतीकठ्ठा , सिम - रु छ प्रतीरोपनी । प्रतीकठ्ठा, चाहार - रु ५ प्रतीरोपनी । प्रतीकठ्ठा
आवश्यक कागजातहरुः-

• निवेदन पत्र
• प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट
जारी गरिएको मालपोत नविकरण बुुक
• घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

• निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
• साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारबाही चलाएको पुष्टि गर्ने कागजातहरु
• नेपालमा १५ वर्षदेखी कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
• बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारीक प्रमाणपत्र
• नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
• पासपोर्ट साईजको फोटो ३ प्रति
• चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद
• सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष । वडा सदस्य । वडा सचिव । सम्बधित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००, प्रतिलिपी रु‍ १५०
आवश्यक कागजातहरुः-

• निवेदनपत्र र आमा बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
• विवाहित महिलाको हकमा पति। आमा। बुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
• चारित्रीक प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा
• विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा
• बसाईंसरी आएको हकमा बसाईं सराईको प्रमाणपत्रको प्रतिलिपि
• दुवै कान देखिने पासपोर्ट साईजको फोटो दुई प्रति
• चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
• कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
• प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

Pages

जानकारी