Submitted on: Fri, 09/08/2017 - 11:19
वडा नं. ८
ठेगाना : नरेटार
यस वडाको पूर्वी सिमानामा रौतामाई गाउँपालिका, पश्चिममा वडा नं ६, उत्तरमा रौतामाई गाउँपालिका र दक्षिणी सिमानामा वडा नम्बर ७ पर्दछ । यस वडामा नरेटार, गडेरे, भलायडाँडा, साँघुरी, शितले, अम्बोटे, घुसेनी, लाकुरे, सिम्ले, चुरुम्फा, दामे, गोठडाँडा, बन्याला, भदौरे, खोल्मे, गैंडाखोर, बिर्तागाउँ, तिथ्रीबोट र नेपालटारसहित १९ वटा मुख्य टोलहरू छन् ।
९२६ जम्मा घरधुरी रहेको यस वडामा कुल जनसंख्या ४७१६ छ जसमा पुरुषको संख्या २४०६ छ भने महिलाको संख्या २३१० रहेको छ । कृषि र पशुपालन मुख्य पेशाको रुपमा रहेको छ भने उद्योग, व्यापार र व्यवसाय पनि फस्टाएको छ । यस वडामा स्वास्थ्य चौकीका साथसाथै एउटा बाल विकास केन्द्र, ३ वटा आधारभूत विद्यालय र ४ वटा माध्यमिक विद्यालय रहेका छन् । यस वडामा एक महिला बहुउद्देश्यीय सहकारी संस्था पनि रहेको छ । यस वडामा रहेको खोल्मे वस्तीले नेवार जातीको संस्कृति झल्काउँछ भने लाकुरेमा तामाङ जातीको संस्कृति झल्कने गुम्बा रहेको छ । यस्तै गैंडाखोरमा महादेवस्थान पनि छ । वडामा
हाल सवल संस्था, मेलमिलाप र बाल विकास समाजजस्ता गैरसरकारी संस्थाले पनि काम गरिरहेको छ । हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको यस वडामा बौद्ध, क्रिश्चियन र किराँत धर्म मान्नेहरु पनि छन् । यस वडामा धेरैजसोले नेपाली भाषा बोल्छन् ।
पद |
नाम |
फोन नं. |
वडा अध्यक्ष |
टंक बहादुर श्रेष्ठ |
९८५२८३५२१४ |
सदस्य |
टंक बहादुर राई |
९८४३०४०२४५ |
सदस्य |
चन्द्र बहादुर तामांग |
९८१४७७६८४१ |
महिला सदस्य |
कुन्ता माया मगर |
९८४२५३८५७८ |
दलित महिला सदस्य |
मेनुका परियार |
९८२७३०८२९६ |