FAQs Complain Problems

वडा नं. ३






उदयपुरगढी गाउँपालिका वडा नं. २


उदयपुरगढी गाउँपालिका

वडा नं. ३ को कार्यालय

Email: 3.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : जरुवा, बर्रे  (साविक वर्रे गा वि स वडा नं १, ५-९)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
मनोज कुमार कार्की वडा अध्यक्ष 9862842617
विष्णुमाया जर्घा मगर महिला वडा सदस्य 9742287256
गौरीमाया कामी दलित महिला वडा सदस्य 9829763381
नरदल विश्वकर्मा वडा सदस्य 9846201504
सन्मतोष मगर वडा सदस्य 9840155808

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
जगत प्रसाद आचार्य वडा सचिव 9840673104
चेत बहादुर कार्की खरिदार 98
निर बहादुर श्रेष्ठ ग्रामिण स्वास्थ्य कार्यकर्ता ---
नर बहादुर मगर कार्यालय सहयोगी ---

यस वडाको पूर्व सिमानामा रौतामाई गाउँपालिकाको नामेटार, पश्चिम सिमानामा उदयपुरगढी गाउँपालिकाकै वडा नं २, उत्तरमा ताप्ली गाउँपालिका र दक्षिणमा वडा नं ४ पर्दछ । जरुवा, रातमाटे, सिन्किले, साइपा, माथिल्लो बर्रे र लामादी गरी ६ वटा प्रमुख टोल बस्तीहरु यस वडामा रहेका छन् । कुल घरधुरी संख्या ५५७ रहेको यस वडामा जम्मा जनसंख्या ३१७१ छ जसमा १६५२ पुरुष र १५१९ महिला छन् । यस वडामा बसोबास गर्ने धेरैजसो मानिसहरु कृषि र पशुपालन पेशामा आश्रित छन् । ६ वटा बाल विकास केन्द्र भएको यस वडामा २ वटा आधारभूत विद्यालय र एउटा माध्यमिक विद्यालय रहेको छ । हिन्दू धर्मावलम्बीको धेरै संख्या रहेको यस वडामा बौद्ध, क्रिश्चियन र किराँत धर्म पछ्याउने पनि छन् । नेपाली भाषा अधिकतम मानिसले बोल्ने भाषा हो । यस वडामा छिन्द्रिङदेवी बचत तथा ऋण सहकारी संस्था र रातमाटे कृषि सहकारी संस्था सञ्चालनमा छन् । त्यस्तै, वाल विकास समाज र सवल नेपाल जस्ता गैरसरकारी संस्था पनि कार्यरत छन् ।

Population: 
३१७१
Ward Contact Number: 
९८६२८४२६१७
//